काठमाडौं, ९ मंसिर–कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी बलमा कार्यरत एक इन्स्पेक्टरको निधन भएको छ । संक्रमणका कारण गएराति उनको निधन भएको हो ।

संक्रमणपछि भेन्टिलेटरमा राखेर विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार गराइरहेका उनको मृत्यु भएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी राजु अर्यालले जानकारी दिए ।

सशस्त्रमा ०६८ सालमा सेवा प्रवेश गरेका इन्सपेक्टर सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा दरबन्दी थियो । उनमा २७ असोजमा संक्रमण पुष्टि भएको थियो । सशस्त्रमा हालसम्म कोरोना संक्रमणकै कारण ३ जनाको ज्यान गइसकेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *