दमक, ९ मंसिर–झापाको दमक बजार साताको शुक्रबार वन्द हुने भएको छ । यहि मंसिर १२ गते शुक्रबारेदेखि अव दमकमा साताको शुक्रवार वजार वन्द हुने भएको हो ।

कोभिड–१९ का कारण भएको लकडाउन र नेपालीहरुको चाड पर्वहरुलाई मध्यनजर गर्दै बिगत केहि समयदेखि साता दिन खुल्ला हुदैआएको दमक बजार अव पूर्वत शुक्रबारका दिन वन्द हुने भएको छ ।

दमक उद्योग वाणिज्य संघले सूचना निकालेर दशै, तिहार, छैठ लगायतका चाडपर्व सकिएकाले अव शुक्रवार वन्द हुदैआएको दमक वजार वूर्वत वन्द हुने छ । यसअघि, चाडपर्व अवधि भर शुक्रवार समेत वजार खुल्ला हुदैआएको थियो ।

संघका अध्यक्ष गोकुल श्रेष्ठले यहि मङ्सिर १२ गतेदेखि हप्ताको शुक्रबार दमक वजार वन्द हुने र नगरका सवै उद्योग, व्यापार बन्द राखी ब्यबसायिक एेक्यबद्धता कायम गरिदिनु हुन अनुरोध गरेका छन् ।

संघले दमकमा साप्ताहिक हुने वन्दलाई कार्यान्वयन नगरे जरिवानासम्म गरिआएको छ । दमकसंगै जिल्ला भरिका उद्योग वाणिज्य संघ लगायतका व्यवसायिक संगठनले आ आफना ठाँउमा पूर्वत साप्ताहिक वन्द गर्न थालेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *