दुधे, १० मंसिर–झापाको दुधेमा निर्माणधिन दुधे रङ्गशालाको पछिल्लो अवस्था र आगामी दिनमा गरिनुपर्ने योजनाका बारेमा केन्द्रीय स्तरको एक सरकारी टोलीले स्थलगत अध्ययन तथा अनुगमन गरेको छ ।

शिबसताक्षी–११ दुधेमा निर्माणधिन रङ्गशालामा झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद (एलपी) साँवा लिम्बू, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल र प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव इन्द्रबहादुर भण्डारीले स्थलगत अध्ययन तथा अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा सांसद साँवाले आफ्नो निर्वाचन क्षेत्रभित्र अवस्थित निर्माणधिन रङ्गशालाको पछिल्लो अवस्था र आगामी योजनाका बारेमा प्रष्ट पारेका थिए । सांसद साँवाले शिबसताक्षी नगरपालिकाको एक मात्र खेलकुद रङ्गशालालाई समयमा नै सम्पन्न गरेर खेलकुदका गतिविधिहरुलाई सञ्चालन गर्न जरुरी रहेको औल्लाएका थिए ।

सो क्रममा राष्टिय खेलकु्द परिषदका सदस्य सचिव सिलवालले रङ्गशालामा निर्माण सामाग्रीहरुको गुणस्तरीयमा ध्यानदिदै समयभित्रै निर्माणकार्य पुरा हुनेमा आशा व्यक्त गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *