झिलझिले, १० मंसिर–झापाको शिवसताक्षी नगरपालिका वडा नं ११ झिलझिलेमा सुविधा सम्पन्न तालिम केन्द्र निर्माण हुने भएको छ ।
आज शिवसताक्षीको झिलझिलेमा एक कार्यक्रमको आयोजना गरी उक्त गोपाल गौरी दिगो विकास प्रतिष्ठानले तालिम केन्द्र भवनको शिल्यान्यास गरेको हो । प्रतिनिधिसभा सदस्य झापा क्षेत्र नं ४ का सांसद लालप्रसाद साँवा, झापा क्षेत्र नं ४ (क) प्रदेश सभा सदस्य सांसद झलकसिं दर्लामी भवनको शिल्यान्यास गरेका थिए ।
प्रतिष्ठानलाई २ करोड ५० लाखको लागतमा ४ तले सुविधा सम्पन्न तालिम केन्द्र निर्माण गर्न लागेको हो ।
गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतमले आफुले खरिद गरेको २२ धुर जग्गा तालिम केन्द्र निर्माण गर्न लागिएको प्रतिष्ठानका झापा अध्यक्ष भद्रदुमी राईले जानकारी दिए ।
उक्त भवनमा सिलाई, ढाकाका आइटम, पार्लर र प्रतिष्ठानले उत्पादन गरेका वस्तुको प्रदर्शनी कक्ष र विभिन्न सीप मुलक तालिमहरु रहने प्रतिष्ठानले जनाएको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ११ मा कार्यालय रहेको उक्त संस्थाले प्रतिष्ठानकी अध्यक्ष इन्दिरा गौतमबाट २२ धुर जग्गा अनुदान पाएको थियो । सोही जग्गा क्षेत्रमा अत्याधुनिक प्रकृतिको भूकम्प प्रतिरोधात्मक भवन निर्माण हुने भएको हो ।
