काठमाडौं, ११ मंसिर–भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला आज काठमाडौं आउने भएका छन् । उनी आज बिहान १० बजे काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको छ ।
आजैदेखि उच्चस्तरमा बैठकसमेत उनले गर्ने भएका छन् । उनीसँग उच्चस्तरमा नेपालको नयाँ नक्साबारेमा पनि छलफल हुने बताइएको छ ।
भारतीय विदेश सचिवको यो पहिलो नेपाल भ्रमण हो । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतसँग पनि छलफल गर्ने भएका छन् ।
नेपालले आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतसँगको सम्बन्धमा चिसोपना उब्जिएको छ ।
