काठमाडौं, ११ मंसिर–प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा सिटीले ओलम्पिकोसलाई १–० गोल अन्तरले पराजित गर्दै आफूलाई अन्तिम १६ मा सुरक्षित गरेको हो ।

ओलम्पिकोसको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन फिलिप फोडेनले निर्णायक गोल गरे ।

फोडेनले पहिलो हाफको ३६ औं मिनेटमा गरेको गोल नै खेलको निर्णयक बनेको थियो ।

सिटीको यो लगातार चौथो जित हो । प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्न नसकिरहेको सिटी च्याम्पियन्स लिगमा भने उत्कृष्ट लयमा छ ।

जितसँगै सिटीले चार खेलमा १२ अंक जोडेको छ । सिटी समूह सीको शीर्ष स्थानमा छ ।

पराजित ओलम्पिकोस ३ अंसहित तालिकाको तेस्रो स्थानमा छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *