दमक, ११ मंसिर–ईलामको चुलाचुली गाउँपालिका वडा नम्बर २ स्वामी चोकमा प्रथम किराँत राजा यलम्बर हाङ्गको शालिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

स्वदेश तथा विदेशमा रहन्दै आउनु भएका सहयोगी दाताहरुको सहयोगमा निर्माण हुन लागेको शालिकको काम लगभग ९० प्रतिशत भइसकेको यलम्बर शालिक निर्माण समितिका अध्यक्ष सञ्जय सुब्बा इङनामले बताउनुभयो ।

अनुमानित रु १२ लाख लागतमा निर्माण कार्य सम्पन्न गर्न लागिएको शालिकको उचाई सात फिट रहेको छ। उक्त सालिक मूर्तिकार रोजन राईले बनाउनु भएको हो ।

डेड महिनापछि अनावरण कार्यक्रम गर्नेगरी मार्बल फिटिङ्, कम्पाउण्ड, शिलालेख र बत्ति जडानको काम हुन बाँकी रहेको निर्माण समितिका अध्यक्ष सुब्बाले बताएका छन् ।

स्थानीय सरकारबाट आर्थिक सहयोग नभएको गुनासो गरिरहेका शालिक निर्माण समितिले अनावरणको कार्यक्रम हुने समयसम्म इच्छुक व्यक्तिहरुले आर्थिक सहयोग गर्न सक्नु हुने जानकारी गराएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *