काठमाडौं, ११ मंसिर–भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले आफ्नो नेपाल भ्रमणमा दुई देशबीच मित्रता बढाउने विषयमा छलफल हुने बताएका छन् ।
विमानस्थलमा उनले संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् । आजै उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् ।
“नेपालमा आउँदा मलाई एकदम खुसी लागेको छ,” उनले भनेका छन्, “म पहिला पनि काठमाडौं आएको छु । विदेश सचिव भएपछि पहिलोपल्ट आएको छु ।
भारत नेपालबीचको सम्बन्धमा सुधार बढाउने कुरा गर्छु । विदेशसचिव, विदेश मन्त्रीसँग कुरा हुन्छ । उच्चस्तरीय छलफल पनि हुनेछ । भोलि भारत नेपाल मैत्रीको विषयमा कुरा गर्छु ।”
