झापा, ११ मंसिर–मेचीनगर नगरपालिकाका सबै विद्यालयहरु मंसिर १४ गते आइतबारबाट सञ्चालनमा आउने भएका छन् ।

कोरोना भइरसको विश्वव्यापी प्रभावले गर्दा विगत ९ महिनादेखि बन्द रहेका विद्यालयहरुमा यसअघि वैकल्पिक शैक्षिक गतिविधिहरु सञ्चालन गर्ने अनुमति दिइएको थियो ।

बुधबार सम्पन्न नगर शिक्षा समितिको वैठकले सरकारद्वारा जारी गरिएको विद्यालय सञ्चालन कार्य ढाँचा २०७७ ले तोकेको मापदण्ड पूरा गरी विद्यार्थीहरुलाई भौंतिकरुपमा नै विद्यालयमा उपस्थित गराएर कक्षा सञ्चालन गराउने निर्णय गरेको नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले जानकारी दिएका छन् ।

नगर शिक्षा अधिकारी भण्डारीका अनुसार ‘नगरका सबै विद्यालयले सरकारले तोकेको मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्नुपर्नेछ । नगरका सबै विद्यालयले आगामी शुक्रबार सम्ममा कक्षा सञ्चालन गर्ने ढाँचा नगर शिक्षा शाखामा प्रस्ताव गर्नुपर्ने कुरा उनले जानकारी दिएका छन् ।

स्वास्थ्य मापदण्ड अन्तरगत मास्क, हातधुने साबुन पानीको व्यवस्था, सेनिटाइजर, थर्मल गनबाट ज्वरो मापन गर्ने व्यवस्था अनिवार्य गर्नुपर्ने भण्डारीको भनाई छ । स्वास्थ्य मापदण्ड पूरा गरी स्कुल बससमेत सञ्चालन गर्न सकिने उनले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *