दमक, १२ मंसिर–तत्कालीन नेकपा माओवादी केन्द्र झापाका आधा दर्जन नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । माओवादी पार्टीको जिल्ला तथा गाउँ,नगर नेतृत्व गरिआएका र पछिल्ला समय निस्कृय रहिआएका उनीहरु सामूहिक रुपमा नै राप्रपामा प्रवेश गरेका हुन् ।
पार्टीका जिल्ला सदस्य दिपक खरेलका अनुसार तत्कालीन माओवादीका झापा-इलामका इन्चार्ज भईसकेका विक्रम अधिकारी, साविक लखनपुरका इन्चार्ज भईसकेका याम पाठक, धरमपुरका इन्चार्ज मेघराज अधिकारी र त्तत्कालीन शिव एरियाका सदस्य केदार अधिकारी विनासर्त पार्टी प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई राप्रपाका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले स्वागत गर्दे सदस्यता प्रदान गरेका थिए ।
पार्टीका झापा अध्यक्ष अम्बर वहादुर विष्टको अध्यक्षतामा बसेको आकस्मिक बैठकले पार्टी गतिविधि क्रियाशील गरिने समेत निर्णय भएको जिल्ला सदस्य खरेलले जनाएका छन् । जसअन्तर्गत मंसिर २० गते जनदबाब सृजना गराउन उद्देश्यले झापामा जिल्ला स्तरिय मोटरसाईकल ¥याली गरिने निर्णय भएको छ ।
त्यस्तै, बैठकले आगामी वैशाखमा हुने महाधिबेशनलाई लक्षित गरि मंसिर १५ देखि क्रियाशील वितरण , पुस मसान्तसम्ममा पार्टी संगठन विस्तार अभियान अन्तर्गत गाउँ,नगर समिति विस्तार र फागुन मसान्त सम्ममा महाधिबेशन प्रतिनिधि छनौट गरिने समेत निर्णय भएको जिल्ला सदस्य खरेलले वताएका छन् ।
