भद्रपुर, १२ मंसिर–झापाको भद्रपुर नगरपालिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भद्रपुर-४ का ७७ वर्षिय मइतबहादुर लिम्बूको बिर्तासिटी हस्पिटलमा उपचारको क्रममा आज मध्यान्ह मृत्यु भएको हो ।
उनको शुक्रबार पिसिआर परीक्षण गरिएको भद्रपुर नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले बताए । तर, उनको मृत्यु भएपछि पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो।
उनको शवलाई घर नजिकैको मायालु सामुदायिक वनमा नेपाली सेनाले गाढेर अन्त्येष्टि गरेको भट्टराईले जनाए । योसँगै भद्रपुरमा कोरोनावाट मृत्यु हुनेको संख्या १२ र जिल्लामा १०६ पुगेको छ ।
