काठमाडौं, १२ मंसिर–नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार २ सय ३६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १० हजार ६७१ पुगेको छ ।

आज देशभर १७ हजार २ सय ३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म एक हजार ४३५ जना संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *