हेटौडा, १२ मंसिर–अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना हेटौंडा कार्यालय प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग १० लाख रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले जैसवालविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो । अनुसन्धानको क्रममा जैसवालले निर्माणाधिन सो प्रसारण लाइन भित्रपर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिनका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिएको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय हेटौंडाबाट खटिई गएको टोलीले जैसवाललाई सेवाग्राहीबाट १० लाख रुपैयाँ घुस-रिसवत बापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो । आयोगले १० लाख रुपैयाँ विगो कायम गरी शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *