काठमाडौं, १३ मंसिर–नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । सन्दीपले शनिबार बिहान सामाजिक संजाल फेसबुकमार्फत आफूमा कोरोना भाइरसको संक्रमण देखिएका बताए ।
सन्दीपले आफू सेल्फ आइसोलेनमा बसेको बताएका छन् । उनले हाल आफूमा लक्षणसमेत देखिएको बताएका छन् । यसअघि नेपाली टोलीका अन्य चार खेलाडीमा पनि कोरोना संकमण देखिएको छ ।
“मलाई कोरोना संक्रमण भएको छ । ममा केही लक्षणहरु पनि देखिएको छ । तर, अहिले मेरो स्वास्थ्य अवस्थामा सुधार हुँदै आइरहेको छ । म आइसोलेसनमा छु,” सन्दीपले फेसबुकमा पोष्ट गरेका छन् ।
