इटहरी, १३ मंसिर–सुनसरीको इटहरी उपमहानगरका गाँउ–गाँउमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई विकेन्द्रित गरिएको छ ।

अभियानका क्रममा इटहरीका सवै २० वटै वडामा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार इटहरीका सवै वडामा गठित किशोरी साथीसमूह, प्रतिरक्षा समूह र महिला संजालसँग वडा वडामा अन्तरक्रिया गरिदै छ ।

इटहरीका वडाहरुमा ६३ वटा किशोरी साथी समूह २० वटा प्रतिरक्षा समूह सकृय छन । यहिक्रममा आज वडा नम्वर १९ र २० मा अन्तरक्रिया सम्पन्न भयो । वडामा लैगिंक हिंसाको अवस्था,चुनौती,साथी समूह र प्रतिरक्षा समूह गठन भएपछि गरिएका कार्य,समस्या लगायतका बिषयमा अन्तरक्रिया भएको छ । २० वटै वडामा अन्तरक्रिया गरेर त्यसैका आधारमा वार्षिक कार्ययोजना वनाइने उपप्रमुख गौतमले वताउनुभयो ।

खुल्ला ठाँउमा दुरी कायम गरेर स्वास्थ्य सुरक्षाका सवै उपाय अवलम्वन गरेर कार्यक्रम गरिदै छ । १२ देखि २३ गतेसम्म अन्तरक्रिया कार्यक्रम गरिने छ । अपांङ्गता भएकाहरु, वालवालिका र जेष्ठ नागरिकका लागि छुटटा-छुटटै कार्यक्रमहरु तय गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६दिने अभियानका क्रममा टोल-टोलमा पुग्नेगरि४० वढि कार्यक्रम आयोजना गरिने छन ।

उपप्रमुख गौतमले भन्नुभयो ‘कोरोना छ भनेर चुप लागेर वस्नुहुदैन, धेरै जना भेला भएर ठूलो कार्यक्रम गर्न भएन, स-सना कार्यक्रम वनाएका छौ वडा-वडा टोल-टोलमा गएर सानो-सानो समूहमा कार्यक्रम गरिर अभियानलाई विगत वर्ष भन्दा अझ ब्यापक वनाउदैछौ ।’ अभियानका क्रममा न्यायिक समति संयोजक उपमेयर गौतम, न्यायिक समिति सदस्यहरु, महिला सदस्यहरु, महिला सञ्जालसहित सबै वडाका टोल-टोलमा पुगेर अन्तरक्रिया सुरु गरिएको हो ।

अभियानका क्रममा न्यायिक समितिले गर्ने कार्यहरु उल्लेख गरेर १५ हजार व्रोसर वितरण गरिदै छ । व्रोसरवाट हिंसामा परेपछि के गर्ने ? कहाँ जाने भन्ने प्रष्ट जानकारी हुने उपमेयर गौतमले वताउनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *