बिर्तामोड, १३ मंसिर–झापाको बिर्तामोडमा सिद्धार्थ होटल ग्राण्ड सीटी प्रालिको उद्घाटन गरिएको छ । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्नुभएको छ ।

नवस्थापित सिद्धार्थ होटल थ्री स्टारको स्ट्याण्डरमा रहने र ५१ वटा सुविधा सम्पन्न कोठाहरु, स्वीमीङ पुल, हेल्थ क्लव, खुल्ला बगैंचा, सेमिनार हल रुफटपसहित छुट्टाछुट्टै ५ वटा रेष्टुरेन्ट रहेको बताइएको छ । बिर्तामोड ४ मा स्थापना गरिएको होटलले पूर्वको पर्यटन प्रर्वधनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने होटलका अध्यक्ष देवीप्रसाद मैनालीको विश्वास छ ।

होटल उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य गणेशकुमार पहाडी, प्रदेश सांसद एकराज कार्की, उद्योग परिसंघ झापाका अध्यक्ष मीनप्रकाश मैनाली, बिर्तामोड ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले पर्यटन प्रर्वद्धनमा होटलको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए । उनीहरुले होटल र पर्यटन व्यवसायीलाई सरकारले राहत दिनु पर्ने मागसमेत गरेका छन् ।

५० करोड रुपैयाँको लगानीमा स्थापित सिद्धार्थ होटल ग्राण्ड सिटी थ्री स्टारको स्ट्याण्डरमा रहने गरी स्वीकृति लिइने चरणमा रहेको बताइएको छ । नाफा आर्जन गर्नेमात्र नभई पूर्वमा पर्यटन प्रवर्धनका लागि समेत होटल सञ्चालनमा ल्याइएको सञ्चालकहरुको भनाई छ । होटलको सम्पूर्ण हस्पिटालिटी म्यानेजमेन्ट सिद्धार्थ विजनेश ग्रुपअफ हस्पिटालिटीले गर्ने भएको छ ।

सिद्धार्थ हस्पिटालिटीका कार्यकारी प्रमुख कृष्ण न्यौपानेले होटल व्यवसाय पर्यटन प्रवर्धनको मेरुदण्ड भएको बताउँदै होटलले चौबिसै घण्टा सेवा प्रवाह गर्ने र स्तरीय हस्पिटालिटीको अभावमा अब कसैले पनि खान र बस्नका लागि समस्या भोग्नु नपर्ने दावी गरेका छन् ।

होटलमा १० जनाको लगानी रहेको बताइएको छ । होटल सञ्चालनका लागि देवीप्रसाद मैनाली, गोपालप्रसाद मैनाली, डा लक्ष्मीप्रसाद मैनाली, डिल्लीराम मैनाली, होम पाण्डे, चित्र कुइँकेल, कालिदाश देवकोटा, होमप्रसाद मैनाली, सुमन्ता मैनालीको लगानी रहेको बताइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *