काठमाडौं, १३ मंसिर–प्रिमियर लिग फुटबलमा साबिकको विजेता टोली लिभरपुलले बराबरी खेलेको छ । शनिबार भएको खेलमा लिभरपुलले ब्राइजटनसँग १-१ गोलको बराबरी खेलेको हो ।

ब्राइजटनको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले बराबरी खेल्दै अंक बाँडेको हो । लिभरपुलका लागि डिएगो जोटाले खेलको ६०औं मिनेटमा गोाल गर्दै टिमलाई अग्रता दिलाए ।

खेलको इन्ज्युरी समायमा ब्राइजटनका लागि पेस्कल ग्रोबले गोल गर्दै टिमलाई हारबाट जोगाए । बराबरीसँगै लिभरपुल शीर्ष स्थानमा उक्लेको छ । लिगमा १० खेल खेलेको लिभरपुल २१ अंक जोडेको छ ।

यता ब्राइजटन १० खेलबाट १० अंक जोडेर तालिकाको १६औं स्थानमा छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *