काठमाडौं, १४ मंसिर–उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा नव निर्वाचित चन्द्र ढकालले आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेको र आफ्नो जीत व्यवसायीको जीत भएको बताएका छन् ।

प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, “मैले योभन्दा पहिला पनि भनेको थिएँ । हामीहरुको पक्ष विपक्ष भनेको १३ गते सँंझसम्म मात्रै हो । आजदेखि हाम्रो पक्षविपक्षभन्दा पनि सम्पूर्ण निजी क्षेत्रको आवाज उठाउने हो ।

निर्वाचित हामी सबैले व्यवसायिका सम्बन्धमा एउटै आवाज उठाउनेछौं भन्ने जानकारी गराउन चाहन्छु । निजी क्षेत्रले नियमनकारी निकायसँग गर्ने एड्भोकेसी हामीले गर्नेछौं ।

मेरो जीत भनेको सम्पूर्ण व्यवसायिक साथीहरुको प्रतिनिधिको रुपमा भएको छ ।”

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *