काठमाडौं, १४ मंसिर–नेपाली बजारमा सुनको भाउ दिनहुँजसो घटिरहेको छ । आज पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । पछिल्लो समय घट्दो क्रममा रहेको सुनको मूल्य आइतबार तोलामा ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार तोलामा ९१ हजार ३०० रुपैयाँ रहेको छापावाल सुन आइतबार घटेर ९० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, शुक्रबार तोलामा ११६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि घटेर तोलामा ११५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *