काठमाडौं, १५ मंसिर–साझा र विवेकशील पार्टीले एकता अन्तिम चरणमा पुर्‍याएका छन् । एक साताभित्रै एकता टुङ्ग्याउने समझदारी बनेको एक नेताले जानकारी दिए ।

एकताको १७ महिनापछि अलगअलग घर फर्कन मञ्जुर गरेका दुवै पार्टीले असारबाट पुनः एकताको बहस सरु गरेका थिए । प्रक्रियामा पनि लगेका थिए ।

अहिले एकता गर्ने सैद्धान्तिक निर्णय दुवै पार्टीले पारित गरेको ती नेता बताउँछन् ।

‘हामीले एकतालाई अन्तिम चरणमा पुर्‍याएका छौं । केही प्रक्रियतागत कुराहरू पूरा भए भने हामी आगामी एकहप्ताभित्र एकतालाई अन्तिम रूप दिन्छौं,” एक नेताले जानकारी दिए ।

दुवै अध्यक्ष, समान प्रतिनिधित्व

साझा, विवेकशीलले समान प्रतिनिधित्व अर्थात् बराबरीको सिद्धान्तअनुसार पार्टी एकता गर्न लागेको ती नेताको जिकिर छ । ‘केन्द्रमा हामीले दुईजना संयोजक राख्ने कि, दुवैजनालाई अध्यक्ष नै भनेर जाने भनेर पनि छलफल गरिरहेका छौं । केन्द्रदेखि तल्ला कमिटी सबैतिर ५०–५० प्रतिशत प्रतिनिधित्व हुने छ,” ती नेता भन्छन् ।

एकीकृत पार्टीमा साझाका संयोजक रवीन्द्र मिश्र र विवेकशीलका अध्यक्ष मिलन पाण्डे दुवै नेतृत्वमा रहने बताइएको छ ।

एकीकत पार्टीले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रजस्ता राज्यका आधारभूत चरित्र र संविधानको मर्म र भावनालाई निःसर्त पालना गरेर जाने पनि ती नेताले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *