काठमाडौं, १५ मंसिर–सिजनमै सुनको मूल्य सस्तिने क्रमले सोमबार पनि निरन्तरता पाएको छ ।

आज सुन ७ सय रुपैयाँले सस्तो बनेर प्रतितोला ९० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९० हजार ७ सय कायम थियो ।

यस्तै, तेजावी सुन पनि प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

सुन सस्तो बन्दा आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला ११ सय २० रुपैयाँ कायम छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *