काठमाडौं, १६ मंसिर–बाँकेको जानकी गाउँपालिका ५ बानियाँगाउँमा दुई पक्षबीच भएको झडपमा जानकी गाउँपालिका ५ गुरुवागाउँ बस्ने ५४ वर्षीय धनिराम यादबको सोमबार साँझ मृत्यु भएको छ ।

सोही गाउँपालिका ५ गुरुवागाँउस्थित नागबाबा कुटीमा कार्तिके पूर्णिमाको अवसरमा लागेको परम्परागत मेलामा बानियाँगाउँ बस्ने २३ वर्षीय बाबु यादव र २३ वर्षीय राम नरेश गुप्ताबीच पूर्व रिसिबीका कारण सामान्य विवाद भएको थियो ।

सोही विषयलाई लिएर दुबै पक्षका मानिसहरु बानियाँगाउँमा भेला भई आपसी झै–झगडा एवं कुटपिट हुँदा गम्भीर घाइते भएका धनिरामको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

झडपमा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १० जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँके र सशस्त्र प्रहरी गण खजुरा बाँकेबाट खटिएको प्रहरी टोलीले झगडामा संलग्न १४ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *