दमक, १६ मंसिर–अष्ट्रेलियामा कार्यरत झापा माइधारकी हाङ्मा लिङदेन लिम्बूले आज आफ्नो जन्मदिनमा दमकस्थित रत्न जेष्ठ नागरिक बृद्ध आश्रमका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेकी छिन् ।

दमकमा सामाजिक कार्य गर्दै आइरहेको सुन्दर समाज नेपाल दमक मार्फत उनले अष्ट्रेलियाबाट आफ्नो जन्मदिनमा समाजसेवातर्फ खर्च गरेकी हुन् ।

सुन्दर समाज नेपाल दमककी अध्यक्ष रुपा सेलिङका अनुसार अष्टे«लियामा बसोबास गर्नुहुने हाङमा लिङ्देनले आफ्नो जन्मदिनमा समाजिक सेवातर्फ खर्च गर्ने इच्छा गर्नुभएको थियो । वहाँको इच्छा बमोजिम दमक-४ मा अवस्थित रत्न जेष्ठ नागरिक बृद्ध आश्रमका पाँच जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो, सुन्दर समाज नेपालकी अध्यक्ष सेलिङले बताईन् ।

अध्यक्ष सेलिङका अनुसार आश्रमका ५ जना जेष्ठ नागरिक र दमक १ का १ जना असहाय र विपन्न कुमाल परिवारसहित ६ जनालाई ६ थान सिरक वितरण गरिएको हो । चिसो समयमा न्यानो कपडाको अभाव हुन नदिन संस्थाले जन्मदिन मनाउनुहुने हाङमा लिङदेनसँगको सल्लाहमा सिरक वितरण गरिएको हो ।

आश्रमका जेष्ठ नागरिकहरुमा मिना पोख्रेल, दिलमाया तामाङ, देबी बहादुर खत्री, दिलबहादुर राई र गकल सिंह छन् । कार्यक्रममा आश्रमका तर्फबाट अर्चु सुनुवार, सुकबहादुर सुनुवार र राम तामाङको उपस्थितिमा सामाग्री वितरण गरिएको थियो ।

यसअघि, हाङमाको छोरी सिलवियाको जन्मदिनमा पनि दमक–३ दुम्सेस्थित चुलाचुली आधारभूत बिद्यालयका अध्ययनरत बिद्यार्थीहरुलाई स्वास्थ्य सामाग्रीहरु बितरण गरिएको अध्यक्ष सेलिङले बताईन् ।

सुन्दर समाजमा हाल अध्यक्ष रुपा सेलिङ, वरिष्ठ उपाध्यक्ष जमुना शेर्मा राई, उपाध्यक्षमा लक्की सिटौला, वरिष्ठ उपाध्यक्ष गंगा डकाल, सचिवमा मनु साङपाङ राई र कोषाध्यक्षमा झरना लक्सम छन् ।

त्यस्तै, सदस्यहरुमा अनु ताजपुरिया, कुशम ढुङ्गेल, पुनम सुब्बा, विमाल जोशी र खनिमाया श्रेष्ठ छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *