दमक, १६ मंसिर–झापाको शिबसताक्षी नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत प्रकाशचन्द्र चौधरीको अध्यक्षतामा ११ सदस्सीय कर्मचारी हकहित संरक्षण मञ्च तदर्थ समिति गठन भएको छ । चौधरी नगरपालिकाका सुचना अधिकारी समेत हुन् ।
व्याङडाडास्थित शिबसताक्षी नगरपालिकाको कार्यालयमा मंगलबार सम्पन्न कर्मचारीहरुको बृहत भेलाले वरिष्ठ कार्यक्रम अधिकृत चौधरीको अध्यक्षतामा कर्मचारी हकहित संरक्षण मञ्च तदर्थ समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा वडा नं ५ कार्यालयकी सचिव कमला भेटुवाल, सचिवमा सहकारी शाखाका अधिकृत बद्री दाहाल, सहसचिवमा वडा नं ९ कार्यालयका सचिव विमल वास्कोटा र कोषाध्यक्षमा महिला तथा सामाजिक शाखाकी देबकुमारी पराजुली छन् ।
यस्तैं, समितिको सदस्यहरुमा इन्जिनियर लोचन वस्नेत, कृषि शाखाका रविन भटराई, स्वास्थ्य शाखाका हरिप्रसाद विमली, प्रशासन शाखाका इन्द्रकला लिङदेन, बीर बहादुर बुढाथोकी र योजना शाखाका चन्द्रकला खरेल छन् ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख उपसचिव सुरेन्द्र दाहाल, लेखा अधिकृत प्रकाश योङहाङ लगायतको उपस्थिति रहेको थियो । उनीहरुले नव गठित समितिका पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
यता, नव गठित समितिका अध्यक्ष एबम् नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत चौधरीले शिबसताक्षी नगरपालिकामा कार्यरत कर्मचारीहरुबीच आपसी सम्बन्धलाई अझै बढी नजिक बनाउन र पेशागत हकहितको पक्षमा काम गर्न सहज हुने बताए । उनले कर्मचारी समायोजन पश्चात कर्मचारीहरुको पेशागत हकहित, सेवा–सुविधा, वृति–विकास लगायत कर्मचारीहरुबीचको समस्यामा साझा समस्याको रुपमा आवाज उठाउन कर्मचारी हकहित संरक्षण मञ्च गठन गरिएको बताए ।
