दमक, १६ मंसिर–लागुऔषध (गाँजा) मुद्धाका फरार प्रतिवादी कारागार चलान भएका छन् । कारागार जानेमा दमक ७ बस्ने ६५ वर्षिय टेकबहादुर नेम्बाङ रहेका छन् ।

झापा जिल्ला अदालत भद्रपुरको २०७५ असार २१ गतेको फैसला अनुसार लागुऔषध (गाँजा) मुद्दाका नेम्बाङलाई २ वर्ष ६ महिना कैद र २० हजार जरिवाना तोकिएको थियो ।

निम्नानुसारको सजाय तथा जरिवाना ठहरिएकोमा उनले राखेको धरौटीबाट सदर भएको र कैदको हकमा १ महिना १५ दिन असुल भई बाँकी २ बर्ष ४ महिना १५ दिन बेरुजु रहेको अबस्थामा उनी फरार रहेका थिए ।

खोजलतास गर्ने क्रममा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मिति आज उनलाई आफ्नै घरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतबाट बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय पठाउने आदेश भएको र उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रवक्ता राकेश थापाले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *