तनहुँ, १७ मंसिर–जिल्ला प्रशासन कार्यालय तनहुँले जारी निषेधाज्ञा तोडेका कारण नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको जनाएको छ ।

‘रामचन्द्र पौडेलले निषेधाज्ञा तोड्नु भयो’ तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले भने, ‘निषेधाज्ञा तोड्दा अरु पक्ष घुसपैठ भएर उहाँलाई खतरा हुन सकने देखिएकोले नियन्त्रणमा लिएका हौं ।’

कोभिड–१९ जोखिमले गर्दा कार्यक्रम नगर्न नेपाली कांग्रेसलाई पटक–पटक आग्रह गरेको तर नमानेपछि झडपको स्थिति आउन नदिन निषेधाज्ञा जारी गरिएको प्रजिअ आचार्यले बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न गृह जिल्ला गएका पौडेललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँमा राखिएको छ ।

पुल उद्घाटन गर्न रामचन्द्र पौडेल जाने भएपछि सो विषयलाई लिएर राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गर्ने तयारी गरेको थियो । सम्भावित झडप रोक्न भन्दै बुधवार १२ बजेदेखि ६ बजेसम्म व्यास नगरपालिकाको वडा नम्बर–१ र १० स्थित चारकिल्ला क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

पृथ्वी राजमार्गमा चल्ने सवारी साधान बाहेक पश्चिम गल्फुवेसी, बल्दीखोला पुल उत्तर रानीगाउँ, पूर्व घाँसीकुवा, मुसिखोला र दक्षिणतर्फ अर्मेनीको चार किल्ला भित्र निषेधाज्ञा लगाइएको थियो ।

संक्रामक रोग ऐन ०२० र स्थानिय प्रशासन ऐन०२८ अनुसार प्रमुख जिल्ला अधिकारीले परिस्थिति विश्लेषण गरेर निषेधाज्ञा जारी गर्न सक्ने कानुनी व्यवस्था छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *