दमक, १७ मंसिर–दमक र पाँचथरको फिदीममा दुई अलग दुर्घटनामा परेर एक बालकसहित दुई जनाको ज्यान गएको छ । प्रदेश प्रहरीका अनुसार दमक–४ स्थित जानकी टोलमा ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
हिजो दिउँसो उत्तर दक्षिण सडक खण्डमा दक्षिणबाट उतर जादै गरेको मे १ त ६१९६ नं। को ट्याक्टरले बाटोमा खेल्दै गरेका स्थानीय तुलसी प्रसाद धिमालका ८ बर्षिय छोरा जेनिस धिमाललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाइते भएका जेनिसको अरनिको अस्पताल उर्लाबारीमा उपचारका क्रममा मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । ट्याक्टर चालक धनेश्वर दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
यसैगरि, मेची राजमार्ग अन्तर्गत पाचथरको फिदिम ४ मा हिजो बेलुकी बोलेरो गाडी सडकबाट सय मिटर तल खस्दा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ जादै गरेको बा १९ च ५७३६ नं को बोलेरो अचानक अनियन्त्रित भइ सडकबाट तल झर्दा फिदिम १ का २० बर्षिय अर्जुन शंकरको मृत्यु भएको हो ।
दुर्घटनामा विर्तामोडका २१ बर्षिय अर्जुन मगर र धरान १ का ३० बर्षिय प्रमोद गुरुङ गम्भिर घाइते भएका १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
