काठमाडौं, १७ मंसिर–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन्। पक्राउ गरेको करिब ६ घण्टापछि पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले रिहा गरेको हो।

उनलाई प्रहरीले तनहुँको व्यास नगरपालिका-१ तालघरेबाट नियन्त्रणमा लिएको थियो। रिहा भएपछि कार्यकर्तालाई सम्बोधन गर्दै पौडेलले केपी ओली नेतृत्वको सरकारले शक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन्।

पौडेललाई जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार दिउँसो निषेधाज्ञा उलंघन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो।

पौडेल पुल उद्‍घाटनमा जाँदा सत्तारुढ नेकपानिकट राष्ट्रिय युवा संघले अवरोध गर्न खोजेपछि झडपको अवस्था आएको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *