काठमाडौं, १७ मंसिर–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरेर सरकारले आफ्नो दिनगन्ती शुरु गरेको बताएका छन् ।

बुधबार गृहजिल्ला तनहुँमा पौडेल पक्राउ परेपछि सिंहले नेकपाको सरकारको असली चरित्र उदाँगो भएको बताएका छन् ।

उनले पञ्चायत र राजाको प्रत्यक्ष शासनकाल विर्साउने गरि प्रमुख प्रतिपक्षी दलको वरिष्ठ नेतामाथि नै धरपकड शुरु गरेर नेकपाको सरकारले आफ्नो दिनगन्ती शुरु गरेकोे बताए । उनले पौडेलसहितका नेता, कार्यकर्तामाथिको धरपकड र गिरफ्तारीको घटनाको निन्दा गरेका छन् ।

‘कार्यक्रमलाई प्रभावित गर्न सत्ताको आडमा कार्यक्रमस्थलमा निषेधाज्ञा जारी गर्ने कार्य भएको छ । कांग्रेसका नेता कार्यकर्तामाथि धरपकड गर्ने, स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने, नागरिक हकविरुद्ध बाटो अवरोध गर्नेजस्ता निन्दनीय कार्य भएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *