काठमाडौं, १७ मंसिर–नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
सन्दीपले बुधबार ट्वीट गर्दै कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका छन् । सन्दीप १० दिनमा कोरोनामुक्त भएका हुन् । गएको साता सन्दीपलाई कोरोना देखिएपछि आइसोलेसनमा बसेका थिए ।
कोरोनामुक्त भएपछि सन्दीपले शीघ्र स्वास्थ्य लाभको कामना गर्ने समर्थकलाई धन्यवाद दिँदै आफू मैदानमा फर्किन हतारमा भएको बताएका छन् । सन्दीपले आफ्नो टिमको लागि राम्रो गर्ने पनि बताएका छन् ।
यसअघि कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र बसन्त रेग्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । अहिले उनीहरु सबै कोरोनामुक्त भइसकेका छन् ।
आइसिसी विश्वकप क्रिकेट लिग टु का लागि मध्यनजर गर्दै नेपाल क्रिकेट संघ ९क्यान० ले गएको हप्तादेखि टिमलाई बन्द प्रशिक्षणमा राखेको छ ।
