दमक, १७ मंसिर–पूर्व सञ्चारमन्त्री तथा झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सांसद राम कार्की ‘पार्थ’ले रमेश गुरागाईद्धारा लिखित संस्मरणात्मक पुस्तक ‘कारावास’को सार्वजनिक गर्नुभएको छ ।

झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा बुधबार एक कार्यक्रमबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता समेत रहनुभएका सांसद कार्कीले गुरागाईद्धारा प्रकाशित संस्मरणात्मक पुस्तक ‘कारावास’को सार्वजनिक गर्नुभएको हो ।

नेकपा झापाका नेता, पार्टी स्कुल विभाग प्रमुख एबम् दमकका शैक्षिक तथा बौद्धिक व्याक्तित्व गुरागाईको पुस्तक कारावासमा माओवादी सशस्त्र जनयुद्धका घटनाहरुलाई समेटिएको छ ।

पुस्तकका लेखक गुरागाईले पुस्तक सार्वजनिक कार्यक्रम सम्बन्धी सामाजिक सञ्जालमा यसो भनेका छन्ः ‘गणतन्त्र स्थापनार्थ जनसङ्घर्षमा ७ सय ५१ दिनको कठोर कारावास सुरु भएको ठीक १७ वर्षपछि बुधवार मेरो संस्मरणात्मक ‘कारावास’सार्वजनिक गर्ने अवसर मिलेको छ ।’

‘कारावास’का अधिकांश पात्र र निर्देशक काठमाडौँमा भेटिनुहुन्छ तर झापाबाट गएर कार्यक्रम गर्न हाल कोभिड–१९ को संक्रमणले गर्दा अनुकूलता छैन ।

‘कारावास’का साक्षी वीरेन्द्र बस्नेतसहित साथीहरूको उपस्थितिले उत्साहित छु ।

माओवादी अध्ययन केन्द्र झापाले आयोजना गरेको पुस्तक सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद कार्कीले कारावास नामक पुस्तकले सशस्त्र जनयुद्ध र जनयुद्धका वीरयोद्धाहरुलाई जीवन्त बनाइराख्ने बताए ।

पुस्तक सार्वजनि कार्यक्रममाा प्राध्यापक एबम् समालोचक बास्कोटा धनञ्जय र पुर्व क्याम्पस प्रमुख एबम् समालेचक हेमनाथ अधिकारीले पुस्तकमाथि समिक्षात्मक टिप्पणी राखेका थिए ।

कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख गीता पौडेल अधिकारीले पुस्तक र लेखकलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिइन् ।

कार्यक्रममा लेखक, कवि, साहित्यकार, पत्रकार, प्राध्यापक, शिक्षक, राजनीति एबम् बौद्धिक तथा प्राज्ञिक व्याक्तित्वहरुको ठूलो संख्यामा उपस्थिति थियो । कार्यक्रमलाई कवि धनकुटे कान्छाले सञ्चालन गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *