झिलझिले, १८ मंसिर–झापाको शिबसताक्षी–११ झिलझिलेस्थित शेर्मा टोलसहित झापा क्षेत्र नं ४ (१) को तीन अलग–अलग स्थानमा डिप बोरिङ निर्माण हुने भएको छ । प्रदेश सांसद एबम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश १ का सदस्य झलकसिह दर्लामीको अगुवाईमा कृषकहरुको खेतबारीमा सिचाईको प्रवन्ध गर्न रु एक करोड मुल्य बढीको लागत खर्चमा डिप बोरिङ निर्माण हुने भएको हो ।
डिप बोरिङ र यान्त्रिक सामाग्रीहरुसहित प्राविधिकहरुको टोली काठमाण्डौबाट टोली बुधबार झापा झिलझिले आइपुगेको छ ।
नेपाल सरकार जलस्रोत तथा उर्जा मन्त्रालयको समृद्ध तराई मधेस कार्यक्रम अन्तर्गत झापाका क्षेत्र नं ४ का कृषकहरुले डिप बोरिङ पाउने भएका छन् । सांसद दर्लामीका स्वकीय सचिव एबम् नेकपा शिबसताक्षीका सचिवालय सदस्य दुर्गा नेम्बाङका अनुसार एउटा डिप बोरिङले एक सय बिद्या जमिन सिचाइ गर्न सकिने छ ।
नेम्बाङका अनुसार शिबसताक्षी–११ झिलझिलेस्थित शेर्मा टोलका कृषकहरुले एक सय बिद्या जमिनमा डिप बोरिङबाट सिचाई गर्न सक्छन् । झिलझिलेको शेर्मा टोलसहित गौरिगञ्ज गाउँपालिकाको वडा नं १ माहाभारास्थित होकलबारी र वडा नं २ कोरोबारीस्थित लालमाटीमा डिप बोरिङ राखिने कामको सुरुवात भइसकेको नेम्बाङले हाम्रोसरोकारलाई जानकारी गराएका छन् ।
सांसद दर्लामीका स्वकीय सचिव नेम्बाङले खासगरी कनकाई सिचाई आयोजनाको पहुचभित्र नरहेका गाउँ टोलका कृषकहरुलाई राहतको व्यवस्थापन गर्न डिप बोरिङ ल्याइएको बताए । उनले एउटा बोरिङबाट एक सय बिद्या जमिन सिचाई गर्न सकिने बताए ।
बोरिङ मार्फत कृषकहरुले धान, मकै, गहुँ, तोरी लगायत मौसमी र बेमौसी तरकारी र फुलफूल उत्पादन गर्न सक्ने छन् । यसरी उत्पादन भएका तरकारी र फुलफुलको बिक्रीबाट कृषकहरुको जीवनस्तर बृद्धि हुदै आर्थिक अवस्था सुधार हुने नेम्बाङ बताउँछन् ।
