काठमाडौं, १८ मंसिर–स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पाँचौं खेलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले फेरेन्कभारोसलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
फेरेन्कभारोसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन एन्टोनि ग्रिजम्यान, मार्टिन ब्रेथवेट र ओसमान डेम्बेलेले समान एक–एक गोल गरे ।
खेलको १४ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । ब्रेथवेट २० औं मिनेटमा गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे । २८ औं मिनेटमा डेम्बेलेले गोल गर्दा बार्सिलोनाले ३–० गोलको सहज जित निकाल्न सफल भयो ।
जितसँगै बार्सिलोनाले लिगमा पाँच खेलबाट १५ अंक जोडेको छ । बार्सिलोना अपराजित हुँदै लिगको शीर्ष स्थानमा छ । पराजित फेरेन्कभारोसको ५ खेलबाट १२ अंक छ ।
