काठमाडौं, १८ मंसिर–विवेकशील नेपाल दलका दुई पदाधिकारीसहित १३ जना संघीय समिति सदस्य साझासँगको एकतामा सहभागी नहुने भएका छन् ।
पार्टी एकताका लागि साझा र विवेकशीलका वार्ता समितिबीच एकता गर्ने सहमति गरेपछि विवेकशीलकी उपाध्यक्ष अजीता राई र सचिव (कार्यालय व्यवस्थापन) संगीता बटाजुलगायत १३ संघीय समिति सदस्यले अब बन्ने विवेकशील साझा पार्टीमा सहभागी नहुने निर्णय गरेका हुन् ।
१३ जनाले बिहीबार संयुक्तरुपमा विज्ञप्ति निकाली अब बन्ने विवेकशील साझालाई शुभकामना व्यक्त गर्दै दुई दलबीचको मतभिन्नताका विषय नटुङ्ग्याइ गरिएको एकतामा सहभागी नहुन बताएका छन् ।
उनीहरुले अब फेरि पार्टी दर्ताका लागि आफूहरुको विचारसँग सहमत हुनेहरु बीच छलफल गरी छिट्टै अगाडि बढ्ने बताएका छन् । विवेकशीलको संघीय समितिमा जम्मा ३५ जना रहेका छन् । जसमा १३ जनाले एकतामा सहभागी नहुने भएपछि अब २२ जना मात्रै विवेकशील साझामा भएका छन् ।
रवीन्द्र मिश्र अध्यक्ष र मिलन पाण्डे संयोजक हुने गरी साझा र विवेकशीलबीच एकता गर्ने सहमति भइसकेको छ ।
यी हुन् एकता प्रक्रियामा सहभागी नहुनेहरु
१) अजीता राई – उपाध्यक्ष
२) संगीता बाटाजु – सचिव (कार्यालय व्यवस्थापन)
३) कर्मा लामा तामाङ – संघीय समिति सदस्य
४) छिरिंग तामाङ – संघीय समिति सदस्य
५। विजय बाबु शिवाकोटी – संघीय समिति सदस्य
६) जेसन बैद्य – संघीय समिति सदस्य
७) शिशिर राई – संघीय समिति सदस्य
८) जमाल अली – संघीय समिति सदस्य
९) आशीष राई – संघीय समिति सदस्य
१०) ज्ञानेन्द्र निरौला – संघीय समिति सदस्य
११) साधना थुलुङ्ग राई – संघीय समिति सदस्य
१२) शशिविक्रम कार्की – संघीय समिति सदस्य
१३) आलोक सुवेदी – संघीय समिति सदस्य
