दमक, १८ मंसिर–सुन्दर समाज नेपाल दमककी अध्यक्ष एबम् दमककी सामाजिक अगुवा रुपा सेलिङले आफ्नो छोरी माङगेना सबेनहाङ्गको जन्मदिनमा मोरङको उर्लाबारीस्थित नमुना बाल गृह आश्रमलाई सहयोग गरेकी छन् ।

सुन्दर समाज नेपालको संयोजनमा माङगेना सबेनहाङ्गको जन्मदिनको अवसर पारेर आज विहान उर्लाबारीस्थित नमुना बाल गृह आश्रमलाई सहयोग गरिएको हो ।

सुन्दर समाज नेपालकी कोषाध्यक्ष झरना लक्समका अनुसार माङगेनाको जन्मदिनमा उनका आमा रुपा सेलिङसहित परिवारले बाल गृहको नवनिर्मित भवनको मुख्य प्रवेशद्धार गेट निर्माण वापतको सौजन्य गरिएको बताईन् ।

जन्मदिनमा गरिने अनावश्यक खर्चलाई बचाएर सामाजिक क्षेत्रमा लगानी गर्न सुन्दर समाज नेपालले अभियानको रुपमा कार्यक्रम संञ्चाल गरिरहेको छ । पछिल्लो समय सुन्दर समाज नेपालको संयोजनमा जन्मदिनको कार्यक्रमहरु सामुदायिक बिद्यालयमा अध्ययनरत विपन्न तथा असहाय बिद्यार्थीहरुलाई विद्यालय प्रयोग गरिने स्टेशनरी र स्वास्थ्य सामाग्रीहरु वितरण गरिदै आइरहेको छ ।

त्यस्तै, बाल बालिका र जेष्ठ नागरिकहरुलाई समेत खाद्यया सामाग्रीहरु र न्यानो कपडा वितरण गर्दै आइरहेको छ ।

सहयोग हस्तान्त्रण कार्यक्रममा माङगेनासहित बाल गृहका अध्यक्ष मिना बराल, सुन्दर समाज नेपालकी अध्यक्ष एबम् माङगेनाका आमा रुपा सेलिङ, वरिष्ठ सचिव गंगा ढकाल र बाल गृहका पदाधिकारी र स्थानी सामाजिक अगुवाहरुको उपस्थिति थियो ।

दमक–१ निवासी माङगेनाको यसअघिका जन्मदिनमा परिवारले सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

दमकस्थित सरस्वती माध्यमिक विद्यालयका दृष्ट्रिविह्रिन बिद्यार्थीहरुलाई न्यानो कपडा र बिर्तामोडस्थित बृद्धआश्रमका जेष्ठ नागरिकहरुलाई सामुहिक भोजन गराउनुका साथै न्यानो कपडा वितरण गरिएको थियो ।

सुन्दर समाज नेपालको अध्यक्षमा रुपा सेलिङ, वरिष्ठ उपाध्यक्षमा जमुना शेर्मा राई, उपाध्यक्षमा लक्की सिटौला, वरिष्ठ सचिवमा गंगा ढकाल, सचिवमा मनु साङपाङ राई र कोषाध्यक्षमा झरना लक्सम छन् ।

त्यस्तै, सदस्यहरुमा अनु ताजपुरिया, कुशम ढुङ्गेल, पुनम सुब्बा, विमाल जोशी र खनिमाया श्रेष्ठ छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *