शिबगञ्ज, १८ मंसिर–पूर्वपश्चिम राजमार्गदेखी दक्षिणी क्षेत्रमा तीब्र सहरीकरणसँगै व्यवसायीक दृष्ट्रिकोणले मुख्य केन्द्रको रुपमा स्थापित झापाको शिबगञ्जमा १५ शैयासहितको सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ । शिबसताक्षी–६ शिबगञ्जस्थित शिबगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरबृद्धिसँगै सुविधा सम्पन्नसहितको १५ शैयाका अस्पताल बनाइने भएको हो ।
सो अस्पतालको आज बिहान एक कार्यक्रमबीच शिल्यान्यास गरिएको छ । शिबसताक्षी–६ का वडा अध्यक्ष एबम् शिबसताक्षी नगरका युवा नेता मनोज खुलाल कार्कीका अनुसार शिबगञ्जमा १५ शैयाको सुविधा सम्पन्न अस्पताल बन्ने भएपछि दक्षिणी क्षेत्रका नागरिकहरुलाई खुशी उत्साह र सफलता प्राप्त भएको छ ।
वडा अध्यक्ष खुलालले बर्षौ बर्षदेखी शिबगञ्ज र आसपासका नागरिकको प्रतिक्षा र आशा अव पुरा हुनेमा ढुक्क भएको बताए । उनले यो योजना निर्माण गर्न र सफल बनाउन आफु जनप्रतिनिधि भएको हैसियतले गर्भ गर्दै यस योजना सफल बनाउन सहयोग गर्नुहुनेहरुलाई बधाई तथा धन्यवाद ब्यक्त गरे ।
प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष समेत रहेका वडा अध्यक्ष कार्कीले शिवसताक्षी नगरमा आफ्नो अथक प्रयास पछि शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गराउन सफल भएको बताए ।
अध्यक्ष खुलालका अनुसार अस्पतालसँगै दक्ष जनशक्तिको पनि व्यवस्था हुने बताए । उनले अस्पतालमा ३ जना मेडिकल अधिकृत सहित २७ जनाको दरबन्दी हुने छ ।
अस्पताल निर्माणका लागि जनआदर्श माध्यमिक विद्यालयले १ विघाह जग्गा शिवगञ्ज आधारभुत अस्पतालाई प्रदान गरेपछि शिवगञ्जमा १५ शैयाको आधारभुत अस्पताल भित्रिएको हो ।
अस्पताल निर्माणका लागि १८ करोड बजेट विनियोज भएको छ । विनियोजित मध्ये ३ करोड २३ लाख रुपैयाँ चालु वर्षमा खर्चहुने गरी निकासा भएको अध्यक्ष खुलालले बताए । उनका अनुसार २ वर्षभित्रमा अस्पतालको भवन निर्माण हुने छ ।
शिवगञ्जमा आधारभुत अस्पताल स्थापना भएपछि शिवसताक्षी नगरपालिकाको सबै वडासहित झापा गाँउपालिका, गौरिगञ्ज गाँउपालिका, गौरादह नगरपालिका र कमल गाँउपालिकाको केही वडाका स्थानीय लाभान्वित हुने भएका छन ।
प्राथमिक स्वास्थ्य केन्द्रबाट शिवगञ्ज आधारभुत अस्पतालमा स्तरोन्नति भएपछि सामान्य शल्यक्रिया सेवा, जटिल प्रकारका प्रसूति सेवा, हर्निया, हाइड्रोसिल, एपेन्डिक्सजस्ता रोगको शल्यक्रिया सेवा दिन सकिने शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

