काठमाडौं, १९ मंसिर–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा उपस्थित भएर छलफलमा भाग लिन आग्रह गरेकी छन् । समस्याको निकास पनि त्यसैले दिने उनको भनाइ छ ।

शुक्रबार राजधानीको थापाथली क्याम्पसमा युवा–विद्यार्थीले गरेको भेलमा प्रमुख वक्ताको रूपमा उपस्थित भएकी उनले सञ्चारकर्मी सामु प्रधानमन्त्री ओलीको बहस, छलफलप्रति रुचि घट्दै गएको बताइन् ।

“प्रधानमन्त्री ओलीले बैठक पेस भएको प्रस्तावमाथि छलफल नै गनुहुन्न । म बैठकमा भाग नै लिन्न भन्ने हो भने लिखित प्रत्युत्तर किन बुझाएको रु,” शाक्यको प्रश्न थियो ।

उनले प्रधानमन्त्री ओलीमा लोकतान्त्रिक चरित्र नरहेकोसमेत आरोप लगाइन् । बैठक नै समस्या समाधानको थलो भएकाले त्यहाँ आएका विचारलाई सम्मान गर्दै पार्टी एकता गर्ने नेता पनि भएकाले ओलीले नै भूमिका खेल्नुपर्ने विचार व्यक्त गरिन् ।

शुक्रबार प्रचण्ड–नेपाल समूहले आफू पक्षका युवा–विद्यार्थीको भेला राखेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *