दमक, १९ मंसिर–पत्रकारमाथि आक्रमण गर्ने मालपोत कार्यालय दमकका खरदार इन्द्र राजवंशी पक्राउ परेका छन् ।
मङ्गलवार अपराह्न करिब ४ बजे मालपोत कार्यालय दमकमा शिवसताक्षीका सेवाग्राही सुरेश साहले मालपोत कार्यालयका खरदार इन्द्र राजवंशीलाई दश हजार रुपैयाँ घुस दिएको भिडियो खिचिरहेको अवस्थामा लछारपछार गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा लगी पत्रकार खगेन्द्र घिमिरे, क्यामेरा पर्सन भास्कर श्रेष्ठ र सेवाग्राही साहलाई हुलहुज्जत गरी क्यामेरा खोस्ने र कुटपिट उनले गरेका थिए ।
सो घटनाको नेपाल पत्रकार महासङ्घ झापा शाखा लगायतका सङ्घ सङ्गठनले घोर निन्दा र भर्त्सना गरेका थिए ।
खरदार राजवंशीलाई इलाका प्रहरी कार्यालय दमकले आज बिहान पक्राउ गरेको र आवश्यक कारबाही अगाडी बढाएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी विजयराज पण्डितले बताए ।
