केर्खा (कमल), १९ मंसिर–कोभीड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिस्चितता, अपांगता भएका ब्यक्तिहरुको पहुँच र दिगो बिकासको लागि हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ २९ औ अन्तरास्ट्रिय अपांगता दिवस विभिन्न कार्यक्रमगरी मनाईएको छ ।

कमलमा एक कार्यक्रमको आयोजना गरी शारीरिक अपांगता भएर पनि व्यवसायीक बनेका कमल ६ निवासी ठगबहादुर नेपाली र कमल-७ का नरबहादुर नेपालीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी, कार्यक्रममा जनचेतना मुलक प्रचार-प्रसार गर्दै, माक्स तथा साबुन बितरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख रेनुका गौतमले जानकारी दिइन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *