दमक, १९ मंसिर–स्वरसम्राट नारायण गोपालको ३०औं स्मृति दिवसको अवसर पारेर आज बिर्तामोडमा मातृकाप्रसाद संग्रौलालाई सम्मान गरिएको छ ।

नाकले अनेक–अनेक भाकामा मुरली र हार्मोनियम बजाउने साथै लेखन, वाद्यवादन, भजनकीर्तन एवं नृत्यमा पारंगत संग्रौलालाई सम्मान गरिएको हो । बहुमुखी प्रतिभाका धनी संग्रौलालाई आख्यानकार, गीतकार तथा कलाकर्मी भगवति ढुंगेलले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

सरगम संगीतालय बिर्तामोडको आयोजनामा भएको कार्यक्रममा प्रतिभाशाली व्याक्तित्व संग्रौलालाई साहित्य र संगीतको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप सम्मान गरिएको हो ।

सरगम संगीतालय बिर्तामोडका प्रवन्ध निर्देशक दिपक रायमाझीको अध्यक्षता तथा साहित्यकार गीतकार भगवति ढुंगेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सो कार्यक्रमलाई सरगम संगीतालयका संगीत प्रशिक्षक मणी वर्देवाले स्वागत गरेका थिए ।

कार्यक्रममा वरिष्ठ गीतकार शिवशंकर थापा , बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्र संग्रौलालगायतले स्वरसम्राट नारायण गोपालले गीत तथा संगीतको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा सरगम संगीतालयका कलाकारहरु अनुजा कडरिया, योगिता तिम्सिना, कृपा पौडेल, स्वरसम्राट नारायण गोपालले गाएका मलाई नसोध कहाँ दुख्छ घाउ, स्वर्गकी रानी, आँखाको भाखा आँखैले, बिछोडको पीडा, ए कान्छा ठट्टैमा यो वैंश जानलाग्यो लगायतका गीत गाएका थिए ।

कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, बिर्तामोड वाणिज्य संघकी उपाध्यक्ष पार्वता खरेल विमली, मानवअधिकारकर्मी विष्णु खरेल, भजन गायक राजु अधिकारी, पं दिनानाथ सिग्देल, जनक खड्का, देवी संग्रौला ,कृष्ण पौडेल लगायतको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा सरगम संगीतालयले स्थापना गरेको कलाकार कल्याणकारी कोषमा विभिन्न व्यक्तिहरुले सहयोग प्रदान गरेका थिए ।

कार्यक्रमको सञ्चालन मदनआश्रित चुडालले गरेको कुमार कडरियाले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *