दमक, २० मंसिर–झापा दमकका व्यवसायी विमल शर्माले दैनिक एक सय रुपैया सामाजिक कार्यमा खर्चिने भएका छन् ।

सामाजिक कार्यमा प्रोत्साहित गर्न उनले व्यवसायबाट प्राप्त हुने आम्दानीवाट दैनिक सय रुपैया सामाजिक कामका लागि प्रदान गर्ने घोषणा गरेका हुन् ।

उनले देशव्यापी सञ्जाल रहेको संस्था पहिलो पाइला नेपाल दमक शाखा मार्फत एक बर्षसम्म उक्त सहयोग दिने प्रतिवद्धता जनाएका हुन् । उनी सो संस्थाको सल्लाहकार, संगम स्वीटसका सञ्चालक तथा रेडक्रस दमक उपशाखाका सदस्य लगायतको सामाजिक क्षेत्रमा आवद्ध छन् ।

संस्थाका अध्यक्ष दिपक खडकाको अध्यक्षतामा आज बसेको मासिक बैठकमा सो सम्बन्धि जानकारी गराउनुका साथै संस्थाका तर्फबाट धन्यवाद प्रस्ताव पारित गरिएको संस्थाले जनाएको छ ।

शर्माले प्रदान गर्ने सो रकम वा रकम बराबरको सहयोग सो संस्था मार्फत आर्थिक रुपमा विपन्न तथा असहायहरुलाई प्रदान गरिने अध्यक्ष खडकाले बताए ।

बैठकले संस्थाले यस अघि सञ्चालन गर्दै आएको आठ हप्ते सरसफाई कार्यक्रमलाई निरन्तरता दिने, आर्थिक अवस्था कमजोर भएका एक परिवारलाई सहयोग प्रदान गर्ने लगायत बिबिध निर्णयहरु गरिएको संस्थाका सहसचिव राजु निरौलाले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *