काठमाडौं, २१ मंसिर–स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेभियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

सेभियाको घरेलु मैदानमा भएको खेलमा रियलले आत्मघाती गोलले जित निकालेको हो । खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा जित निकाल्न सफल भएको हो ।

खेलको ५५ औं मिनेटमा एसिने बुनोउले आत्मघाती गोल गर्र्दा रियलले १–० गोलको जित निकाल्न सफल भएको हो । साविकको विजेता रियलले कप्तान सर्जियो रामोस विनानै खेल खेलेको हो ।

जितसँगै रियलले ११ खेलबाट २० अंक जोडेको छ । रियल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित सेभिया १६ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *