काठमाडौं, २१ मंसिर–स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । यो सिजन लगातार खराब प्रदर्शन गरिरहेको बार्सिलोनाको चौथो हार हो । आइतबार राति भएको खेलमा बार्सिलोना काडिचसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा भएको खेलमा काडिचलाई जित दिलाउन आल्भारो गिमेन्ज र आल्भारो नेग्रेडोले एक–एक गोल गरे । उता पाहुना टोली बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको आठौं मिनेटमा गिमेन्जले गोल गर्दै काडिचलाई अग्रता दिलाए । ५७ औं मिनेटमा पेड्रोले आत्मघाती गोल गर्दा बार्सिलोना बराबरी स्थितिमा पुग्यो । ६३ औं मिनेटमा नेग्रेडोले गोल गर्दै काडिचलाई २-१ गोलको जित दिलाए ।
जितसँगै काडिचले शीर्ष पाँचमा आफूलाई स्थापित गरेको छ । लिगमा १२ खेल खेलेको काडिचले १८ अंक जोडेको छ ।
यता, लिगमा १० खेल खेलेको बार्सिलोना १४ अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ ।
