काठमाडौं, २१ मंसिर–इटालियन सिरी ए फुटबलमा साविकको विजेता युभेन्ट्सले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनो माथि २-१ गोलको जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन वेस्टन एमसीकेन र लेनार्डो बुन्कीले एक-एक गोल गरे । उता टोरिनोका लागि निकोलोस नोकुलोले एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा निकोलोसले गोल गर्दै पाहुना टोली टोरिनोलाई अग्रता दिलाए । पहिलो हाफमा १-० गोलले पछि परेको युभेन्ट्सले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको हो ।

खेलको ७७ औं मिनेटमा एमसीकेनले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । ८९ औं मिनेटमा बोनुकीले गोल गर्दै युभेन्ट्सलाई २–१ गोलको जित लिलाए ।

जितसँगै युभेन्ट्सले लिगमा १० खेलबाट २० अंक जोडेको छ । युभेन्ट्स लिगको तेस्रो स्थानमा उक्लेको छ । पराजित टोरिनो १० खेलबाट ६ अंकसहित तालिकाको पुछारबाट तेस्रो स्थानमा छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *