काठमाडौं, २१ मंसिर–चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ । शनिबार राति भएको खेलमा चेलसीले लिड्स युनाइटेडमाथि जित निकाल्दै शीर्ष स्थानमा पुग्न सफल भएको हो ।
घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन ओलिभर जिरुउ, क्रुउट जुम्मा र क्रिटियन पुलिसिसले एक–एक गोल गरे । यता लिड्सका लागि करिस बाम्पोर्डले एक गोल गरे ।
खेलको चौथो मिनेटमा बम्पोर्डले गोल गर्दै पाहुना टोलीका लागि अग्रता दिलाए । २७ औं मिनेटमा जिरुउडले घरेलु टोलीका लागि बराबरी गोल फर्र्काए ।
६१ औं मिनेटमा जुम्माले गोेल गर्दै टिमको अग्रता २–१ मा पुर्याए । खेलको इन्ज्यूरी समयमा पुलिसिसले गोल गर्दै चेल्सीलाई ३–१ गोलको जित दिलाउन सफल भए ।
जितसँगै चेल्सीले लिगमा ११ खेलबाट २२ अंक जोडेको छ । चेल्सी लिगको शीर्ष स्थानमा छ । पराजित लिड््स १४ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।
