काठमाडौं, २१ मंसिर–प्रिमियर लिग फुटबल अन्तर्गत आज टोटेनहमले आर्सनलसँग प्रतिस्पर्धा गर्दै छ । टोटेनहमको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १०ः१५ मा सुरु हुनेछ ।

अजाको खेलमा दुबै टोली जित निकाल्ने योजनामा हुनेछन् । टोटेनहमलाई जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने मौका छ । लिगमा १० खेल खेलेको टोटेनहमले २१ अंक जोड्न सफल भएको छ ।

शीर्ष स्थानमा रहेको चेल्सीको २२ अंक छ । आजखेलमा जित निकाल्दै टोटेनहम आफूलाई शीर्ष स्थानमा स्थापित गर्ने योजनामा रहको छ ।

यता लिगमा कमजोर अवस्थामा रहेको आर्सनल आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ । लिगमा १० खेल खेलेको आर्सनल १३ अंक सहित १४ औं स्थानमा छ ।

आजको खेलमा जित निकाल्न सकेमा आर्सनल तालिकाको ११ औं स्थानमा रहने छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *