विराटनगर, २२ मंसिर–कोरोनाबाट संक्रमित प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ९प्यासी० को शरीरमा अक्सिजन कम देखिएपछि शुक्रबार नै थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो । उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा थप सुविधासहित उपचार गर्न त्यसतर्फ लगिएको उनको निजी सचिवालयले जनाएको छ ।

अधिकारीमा यही मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी विराटनगरस्थित निवासमा होम आइसोलेसनमा थिए ।

तर, मुटुसम्बन्धी समस्या रहेका अधिकारीको शरीरमा अक्सिजन लेभल घट्न थालेपछि थप उपचारको लागि काठमाडौं लगिएको हो । २०७३ सालमा मनमोहन कार्डियोथोरापिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अधिकारीको ओपन हर्ट सर्जरी भएको थियो ।

प्रदेश सरकारसँग सम्बन्धित हाइप्रोफाइलहरुसमेत पछिल्लो समय कोरोना संक्रमणको चेपटामा पर्न थालेका छन् । विपक्षी दलका नेतादेखि सांसदहरुलाई समेत कोरोना संक्रमण हुन थालेको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई केहीअघि धनकुटाको एउटा कार्यक्रममा सहभागी भएर फर्किएको केही दिनपछि कोरोना पुष्टि भयो । उनी मन्त्री निवासमै होम आइसोलेसनमा बसेर कोरोनालाई पराजित गरे । मन्त्री घिमिरेमा सामान्य ज्वरो र पखाला चल्ने जस्ता लक्ष्यण देखिएको तर ठूलो स्वास्थ्य समस्या नभएको उनको सचिवालयले जनाएको छ । कोरोना नियन्त्रणको लागि उनले फ्रन्टलाइनमा बसरे काम गरिरहेका छन् । उनले आफू सतर्क हुँदाहुँदै संक्रमण भएको बताएका छन् ।

प्रदेश सरकारकै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई पनि कोरोना संक्रमण भयो । कार्कीले पनि होम आइसोलेसनमै बसरे कोरोनालाई पराजित गरे । उनले सर्वसाधारणलाई अपिल गर्दै कोरोनाबाट बच्न स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे । मन्त्री कार्की पनि फ्रन्टलाइनमा रहेर प्रदेशको विकासदेखि जनताको काम गर्न सक्रिय छन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालामा पनि कोरोना देखियो । कोइराला पनि कोरोना पराजित गरेर अहिले जनताको काममा फर्किसकेका छन् । भन्छन्,“जनसेवामा सक्रिय हुने अग्रमोर्चाका हामी जस्ता नेता सांसद संक्रमित हुने संभावना अधिक हुने रहेछ ।” कोइरालाले पनि कोरोनाबाट बच्न स्वास्थ्य सावधानी अपनाउन गल्ती गर्न नहुने भन्दै सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रदेश सांसद कुसुम श्रेष्ठले होम आइसोलेसनमै बसेर कोरोनालाई पराजित गरिन् । आफू कसरी संक्रमित भएँ भन्ने पत्तो नभएपनि राजनीति र सक्रिय भूमिका निर्वाह गर्दागर्दै संक्रमण भएको हुन सक्ने उनको अनुमान छ । श्रेष्ठले सामाजिक संजालमार्फत कोरोना कहाँबाट लाग्यो भन्ने थाहा नभएपछि यसबाट बच्न विशेष सतर्क हुनुपर्ने र सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेमा जोड दिएकी छन् ।

प्रमुख विपक्षी कांग्रेसका सचेतक सूयर्माराज राईमा केही दिन पहिलेमात्र कोरोना पुष्टि भयो हाल उनी आइसोलेसनमा छन् । राईले सामाजिक संजालमार्फत आफ्नो सम्पर्कमा रहेकाहरुलाई अलिबढी चनाखो भई स्वास्थ्य अवस्थाबारे जानकारी राख्न आग्रह गरेका छन् । राई भन्छन्,“मलाई कहाँबाट कसरी संक्रमण भयो भन्ने थाहा त छैन तर राजनीतिकर्मी र जनताको काममा खटिनेहरुलाई संक्रमणको जोखिम अलि बढी रहेछ,” राईले स्वास्थ्य सावधानी अपनाउन सर्वसाधारणमा अपिलसमेत गरेका छन् ।

प्रदेश सरकारसाग सम्बन्धित हाइप्रोफाइलमा सबैभन्दा पहिले मुख्यन्यायधिवक्ता चुणामणि आचार्यलाई सपरिवार कोरोना संक्रमण भएको थियो । आचार्यले कोरोना अनुभव विभिन्न अनलाइन छलफलहरुमार्फत गरेका थिए । उनले दिएको सुझाव र अनुभवले सामाजिक संजालमा धेरै भ्यूजसमेत प्राप्त गरेको थियो । प्रदेश सरकारको तथ्यांकअनुसार प्रदेश १ मा कोरोनाबाट हालसम्म ३८९ जनाको ज्यान गइसकेको छ ।

प्रदेशमा संक्रमितको संख्या २८ हजार १७० पुगेको छ । हालसम्म १ लाख ९६ हजार ७४ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *