काठमाडौं, २२ मंसिर–साविकको विजेता टोली लिभरपुलले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले उल्भ्समाथि ४–० गोलको सहज जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन खेलको २४ औं मिनेटमा मोहमद सालाहले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भएको थियो ।

५८ औं मिनेटमा जर्जिन्हो विजनाल्डमले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । ६७ औं मिनेटमा जेले माटिभले गोल गर्दै लिभरपुललाई ३–० गोलको अग्रता दिलाए ।

खेलको ७८ औं मिनेटमा उल्भ्सका नेल्सन सुमेडोले आत्मघाती गोल गर्दा लिभरपुलले ४–० गोलको जित निकाल्न सफल भयो । जितसँगै लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

लिगमा ११ खेल खेलेको लिभरपुलले २४ अंक जोडेको छ । पराजित उल्भ्स १७ अंकसहित तालिकाको १० औं स्थानमा छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *