काठमाडौं, ६ पौष–गृहमन्त्री एवम् नेकपाका नेता रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो बताएका हुन् । उनले छलफल र सबै पक्ष बसेर अझै पार्टी र संकट समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताए ।

बादलको भनाइलाई उद्धृत गर्दै उनका सल्लाहकार सूर्य सुवेदीले भने भने,“अन्तिमसम्म एकताको प्रयास गर्छु । तर जे भयो दुर्भाग्यपूर्ण भयो । दुई भागमा पार्टी विभाजन हुने अवस्था आयो भने मैले सबै कुरा बुझेर निर्णय लिन्छु ।”

आफूहरुको विभाजनका कारण दुश्मनहरु खुसी भएको बादलको प्रतिक्रिया थियो । थापाले आफू अन्तिमसम्म पनि एकताकै पक्षमा रहेको बताएका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *