काठमाडौं, ६ पौष–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले कानुनविद्हरुसँग परामर्श गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमका विरुद्ध चालिने कदमका विषयमा नेताहरुले परामर्श गरेको दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।
“प्रधानमंत्री र राष्ट्रपतिद्वारा चालिएको असंवैधानिक एवं निरंकुश कदमको विरुद्धमा अब चालिने संवैधानिक एवं राजनीतिक कदमका बारेमा संविधानविद् एवं कानुनविद्हरुसँग परामर्श गर्नुहुँदै नेकपा नेतृत्वहरु,” उनले फेसबुकमा लेखेकी छिन् ।
